Section 9
बन्धनयुक्त बिक्री गर्न नहुने
: कुनै वस्तु वा सेवा बिक्री गर्ने व्यक्ति वा प्रतिष्ठानले बन्धनयुक्त बिक्री (टाइड सेलिङ्ग) को कारोबार गर्न हुँदैन  ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै व्यक्ति वा प्रतिष्ठानले देहायको कुनै शर्त राखी कुनै वस्तु वा सेवाको बिक्री वितरण गरेकोमा बन्धनयुक्त बिक्रीको कारोबार गरेको मानिनेछ ः-
(क) कुनै वस्तु वा सेवा खरिद गर्दा त्यस्तो व्यक्ति वा प्रतिष्ठान वा त्यस्तो प्रतिष्ठानले तोकेको अन्य व्यक्ति वा प्रतिष्ठानबाट उत्पादन वा वितरण गरेको अर्को कुनै वस्तु वा सेवा समेत खरिद गर्नु पर्ने,
(ख) खण्ड (क) बमोजिम खरिद गरेको वस्तु वा सेवामा त्यस्तो वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने वा निजले तोकेको व्यक्ति वा प्रतिष्ठान बाहेक अन्य व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवा राखी प्रयोग गर्न वा बिक्री वितरण गर्न नहुने,
(ग) खण्ड (क) वा (ख) बमोजिमको शर्त पालना गरी कुनै वस्तु वा सेवाको प्रयोग वा बिक्री वितरण गरेमा बढी सहुलियतपूर्ण शर्तमा त्यस्तो वस्तु वा सेवा वितरण गर्ने ।